१२ असोज, हेटौंडा । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।
सीआईबीबाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुर जावलाखेलस्थित राणाको निवास घेराबन्दी गरी खानतलासी कार्य थालेको पारिवारिक स्रोतले जनाएको छ। यस क्रममा प्रहरी टोलीले घरभित्रका सामग्रीहरूको तलासी र केही बरामद गरेको बताइएको छ।
भूषण राणा, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। उनीमाथि आरजु संलग्न कतिपय डिलमा प्रतिनिधिको रूपमा खटिने गरेको आरोप लाग्ने गरेको थियो। गोप्य सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।