ब्रेकफेल भएको बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सिमानास्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिर नजिक ब्रेकफेल भएको यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। उकालोमा गुडिरहेको बस ब्रेक फेल भएर पछाडी सर्दा बसको पछाडी रहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २६ वर्षीया श्रीमती कविता देवी र करिब २० महिनाकी छोरी तानेया पटेल घाइते छन्।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–३१ का २७ वर्षीय कञ्चन कुमार पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी पनि उपचारका क्रममा मृत्यु भएको हो। कञ्चन कुमार र उनका ३ वर्षीय छोरा आयुष पटेल भने घाइते भएर उपचाररत छन्।

दुर्घटनापछि बस चालक सर्लाही, लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही क्रममा पछाडि रहेको एक इभि माइक्रो गाडीमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बा...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज