ब्रेकफेल भएको बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सिमानास्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिर नजिक ब्रेकफेल भएको यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। उकालोमा गुडिरहेको बस ब्रेक फेल भएर पछाडी सर्दा बसको पछाडी रहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २६ वर्षीया श्रीमती कविता देवी र करिब २० महिनाकी छोरी तानेया पटेल घाइते छन्।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–३१ का २७ वर्षीय कञ्चन कुमार पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी पनि उपचारका क्रममा मृत्यु भएको हो। कञ्चन कुमार र उनका ३ वर्षीय छोरा आयुष पटेल भने घाइते भएर उपचाररत छन्।

दुर्घटनापछि बस चालक सर्लाही, लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही क्रममा पछाडि रहेको एक इभि माइक्रो गाडीमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...