१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिबार मध्याह्न तमोर करिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३, कार्तिके भन्ने स्थानमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मे १ ज ३०५५ नम्बरको पिकअप गाडी सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउने सबै यात्रुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पताल पाँचथरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
दुर्घटनाको कारण प्रारम्भिक रूपमा तीव्र गति र भीरालो सडक खण्ड रहेको अनुमान गरिएको छ । प्रहरीले घटनास्थलमा उद्धार कार्य सम्पन्न गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।