विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । गत १८ र १९ असोजमा परेको अविरल वर्षाबाट उत्पन्न विपद्को व्यवस्थापनलाई लक्षित गर्दै प्रदेश सरकारले उक्त बजेट स्थानीय तहहरूमा उपलब्ध गराएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायहरू सम्मिलित ‘युनिफाइड टिम’ गठन गरी प्रतिकार्यलाई सशक्त बनाइएको छ । मुख्यमन्त्री इन्द्रबहाुर बानियाँको अध्यक्षतामा बसेको टिमको बैठकले खोज, उद्धार र राहतका लागि तत्काल कदम चाल्न निर्देशन दिएको थियो ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालका अनुसार, प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णयअनुसार २१ वटा स्थानीय तहलाई २ करोड १० लाख र १६ वटा स्थानीय तहलाई २ करोड ६५ लाख रुपैयाँ पूर्वतयारी तथा जोखिमयुक्त क्षेत्र संरक्षणका लागि निकासा गरिएको हो । साथै, प्रत्येक जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले ६५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । खनालका अनुसार, मनसुनपूर्व तयारी अन्तर्गत प्रदेशका १६ पालिकामा विपद् उद्धार सामग्रीसहितका गोदामघरहरू समेत निर्माण गरिएको छ ।

१८ असोजको वर्षाबाट बागमतीमा ३५ विपद्का घटना, एकको मृत्यु
मन्त्रालयको विवरणअनुसार असोज १८ गतेको वर्षाबाट प्रदेशभर ३५ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट १६२ परिवार प्रभावित भएका छन् भने काभ्रेपलाञ्चोकमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । यस्तै रसुवामा बाढीका कारण ४ जना बेपत्ता भएका छन् । ललितपुरमा पहिरोमा परी २ जना र मकवानपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन् । यी घटनाबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

मनसुनी वर्षाबाट अवरुद्ध भएका प्रदेश राजधानी हेटौँडाबाट सिस्नेरी, फाखेल, हुमाने लगायतका प्रादेशिक सडकहरू २४ घण्टाभित्रै सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै काभ्रेका बेथानचोक, खानिखोला, महाभारत र रोशी गाउँपालिकाका सडकहरू सुचारु गर्न स्थानीय तह र निर्माण व्यवसायीबीच समन्वय भइरहेको महाशाखा प्रमुख खनालले जानकारी दिए । यसैगरी ललितपुरमा एकतर्फी सडक खुलाउने प्रयास जारी छ भने रामेछापमा सडक सञ्चालनमा आइसकेको छ । मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा, नौविसे–हेटौंडा र फर्पिङ–हेटौंडा सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ ।

अविरल वर्षाका कारण अवरुद्ध सडकमा फसेका १०३ जना आपतकालीन यात्रु र पर्यटकहरूलाई उद्धार गरिएको बागमती प्रदेश यातायात निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक इन्जिनियर नविन सिंहका अनुसार, असोज १८ गते राति १० बजे महालक्ष्मी खोलामा खसेको पहिरो पन्छाई १५ वटा सवारीसाधनलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको थियो ।

यस्तै भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डमा अवरोध हटाएर आकस्मिक उडानमा जानुपर्ने यात्रुहरूलाई समयमै गन्तव्यमा पु¥याउने व्यवस्था गरिएको उनले बताए । असोज १९ गते बिहान मौसम सुधारसँगै पूर्वाधार विकास कार्यालय मकवानपुरले भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने सडकको क्षति मूल्यांकन, जोखिम पहिचान र पहिरो पन्छाउने कार्य सम्पन्न गरेको थियो । यस्तै सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक र फाखेल–देउराली–मातातीर्थ–सतुंगल सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बा...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज