१२ मङ्सिर, हेटौँडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘उचित तथा अनुचित स्पर्श एवम् साइबर सुरक्षा’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडा–१५, फायर लाइनस्थित श्री वनदेवी आधारभूत विद्यालयमा मङ्सिर १२ गते सम्पन्न भएको छ ।
अञ्चल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना र वनदेवी आधारभूत विद्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–१५ की वडा सदस्य मिनु विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
अभिमुखीकरणमा सहजीकरण आशिष दुलालले प्रदान गरेका थिए। कार्यक्रममा वनदेवी आधारभूत विद्यालय तथा श्री आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम संस्थाकी कोषाध्यक्ष निर्मला व्लोनले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने वनदेवी आधारभूत विद्या लयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिनु विश्वकर्माले यस्ता गतिविधिले विद्यार्थीहरूलाई सकारात्मक प्रभाव पर्ने बताइन् । उनले अभिमुखीकरणबाट विद्यार्थीहरू आफू सुरक्षित रहन आवश्यक सावधानी तथा व्यवहारिक सीप सिक्ने भएकाले कार्यक्रम अर्थपूर्ण रहेको धारणा व्यक्त गरिन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।