सडक बिस्तारका लागि हेटौंडामा शनिबार बिहानै चल्यो डोजर

२० मङ्सिर , हेटौंडा । लामो समयदेखि रोकिदै आएको हेटौँडाको सडक बिस्तार शनिवारबाट सुरु भएको छ । शनिवार बिहानैबाट सडक डिभिजन कार्यलय हेटौँडाका डोजरले हेटौँडाका मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन थालेका छन् ।

स्थानीय प्रशासनको सहयोगमा बाक्लो सुरक्षाकर्मीको उपस्थितिकाबीच सडक डिभिजन कार्यालय हेटौँडाले राजमार्गको दुबैतर्फ २५÷२५ गज भित्र परेका अतिक्रमित स्थाई तथा अस्थाई संरचना भत्काउने काम अघि बढाएको हो ।

डिभिजन कार्यलयका झण्डै ६÷७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर अहिले बुद्धचोकदेखी सिमाचोक क्षेत्रमा रहेको घरहरु भत्काउने काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ । यससँगै बजारका अन्य ठाउँहरूमा पनि एकैपटक डोजर परिचालन गरी तीन–चार स्थानबाट विस्तार कार्य थालिएको छ ।

१५ दिने अल्टिमेटम सकिएपछि जबर्जस्ती हटाउन थालेको सडक डिभिजन हेटौंडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५–२५ गज (७५–७५ फिट) सडक सीमा कायम गर्दै संरचना हटाउन १५ दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको थियो ।

तर अन्तिम दिनसम्म पनि सडक सीमाभित्रका संरचना स्वेच्छिक रूपमा नहटेकाले डिभिजनले आफैं भत्काउने काम सुरू गरेको हो । घरधनी तथा व्यवसायीहरूले मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारको विरोध गर्दै आएका छन् । सडक विस्तार प्रभावित क्षेत्रका अधिकांश व्यवसायी र घरधनीले संरचना भत्काउने कदमको प्रतिकार गर्ने चेतावनी दिँदै विरोध कार्यक्रम गर्दै आएका छन् । तर, केही सीमित परिवार भने घर खाली गरेर सामान सारिसकेका छन् ।

वर्षौँदेखि अलपत्र परेको विस्तार योजना

सडक डिभिजनले २०७६ असारमा १ नम्बर वडामा सरकारी निकायले उपयोग गरिरहेको सडक क्षेत्र खाली गराएपछि केही समय सक्रिय भए पनि पछिल्ला वर्षहरूमा मैदानमै उत्रिन सकेको थिएन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो

दुई वर्षअघि डिभिजनले अर्को सूचना जारी गरेको थियो तर घरधनीहरू सर्वोच्च अदालत पुगेपछि प्रक्रिया रोकिएको थियो । सोही मुद्दाको अदालतको फैसलाको आधारमा अहिले विस्तार पुनः सुरु गरिएको हो । यसक्रममा रातोमाटेदेखि राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म करिब ८.५ किलोमिटर क्षेत्रमा पर्ने कुल ५३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने सडक डिभिजनले जनाएको छ ।

सडक केन्द्रबिन्दुबाट २५–२५ गजभित्र पर्ने संरचना मध्ये दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना हटाइने डिभिजनका प्रमुख अधिकृत इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । सडक विस्तारसँगै हेटौंडाको मूल सहर क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिए पनि क्षतिपूर्ति र पुनर्वासको विवाद टुङ्गिन बाँकी रहेकाले स्थानीय स्तरमा तनाव अझै कायमै रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...