सर्वोच्चको आदेशले हेटौँडाको सडक विस्तार तत्काल स्थगित 

२१ मङ्सिर, हेटौंडा । हेटौँडा बजार क्षेत्रको राजमार्ग विस्तारको क्रममा ५ सयभन्दा बढी संरचना भत्काएपछि सडक विस्तारको काम सर्वोच्च अदालतको उत्प्रेषण (स्टे) आदेशले तत्काल रोकिएको छ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको २५÷२५ गज सडक सीमा खाली गर्ने अभियान अन्तर्गत डोजर चलेको दुई दिनमै सडक विस्तार रोकिएको हो ।

सर्वोच्च अदालतले शुक्रबार जारी गरेको आदेश आइतबार दिउँसो १२:४६ बजे सडक डिभिजन कार्यालय हेटौँडामा तामेल भएपछि संरचना भत्काउने सम्पूर्ण कार्य स्थगित भएको कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार बाटो विस्तार कानुनी प्रक्रिया अनुसारै भए पनि अदालतको आदेश आएपछि डोजर चलाउन अघि बढाउन नपाइने स्पष्ट भएको छ । १५ दिने अल्टिमेटम सकिएपछि सडक डिभिजनले शनिबार बिहान ५ बजेदेखि सडक सीमा भित्रका घर–टहरा हटाउन सुरु गरेको थियो ।

राप्ती रोड, बुद्धचोक, मेनरोड, रातोमाटे, पिपलबोट हुँदै चौकीटोल ओरालोसम्म १२ घण्टासम्म चलिरहेको डोजर अभियानमा १० वटा भारी मेसिन र करिब ५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यस क्षेत्रमा पर्ने अधिकांश घरका ढोका, झ्याल, सटर र माथिल्लो भाग भत्काइएका संरचनाहरु पूर्ण रूपमा नहटाए पनि ५ सयभन्दा बढी घर–टहरा क्षतिग्रस्त बनिसकेका छन् ।
डिभिजनका अनुसार उपमहानगरपालिका क्षेत्रभित्रका ५३१ संरचनामध्ये ५ सयभन्दा बढी भत्काइएका छनन । करिब १०–१५ संरचना घरधनी स्वयंले हटाएका थिए भने करिब २१ संरचना चौकीटोल क्षेत्रमा अझै बाँकी छन्।

सडक विस्तार रोकिए पनि आइतबार चौकीटोल क्षेत्रमा केही घरधनीले संरचना स्वयं हटाउन सुरु गरेका छन् । सडक सीमा भित्र परेका भौतिक संरचना ढिलाइ नगरी हटाउनुपर्ने नागरिक दबाबसँगै स्थानीय आफैं जुटेका हुन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...