४ फागुन, हेटौँडा । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार प्रसाईंलाई सोमबार बिहान घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । पक्राउको कारणबारे औपचारिक जानकारी भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन् । माघ २३ गते पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनसम्बन्धी उनले दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो र बयान लिएपछि रिहा गरेको थियो ।
त्यस्तै, माघ ५ गते पनि उनलाई पोखराबाट नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको थियो । प्रहरी स्रोतका अनुसार फागुन २१ मा हुन लागेको निर्वाचन प्रभावित पार्ने गतिविधि हुन सक्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो ।
सोही सन्दर्भमा पछिल्लो पटक पक्राउ गरिएको अनुमान गरिएको छ । यस विषयमा प्रसाईं पक्षबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।