गगनकुमार थापा ले सार्वजनिक गरे ‘आईटी दशक’ रोडम्याप

४ फागुन, हेटौँडा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हबका रूपमा विकास गर्न सकिने दाबी गर्दै विस्तृत रोडम्याप सार्वजनिक गरेका छन् । सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा थोरै नीतिगत र संरचनागत सुधारले पनि ठूलो आर्थिक उपलब्धि हासिल गर्न सकिने बताएका हुन् ।

थापाले भने, “हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा। पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ। दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ।” आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवार रहेका थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।

४ खर्ब निर्यात र २ लाख रोजगारी लक्ष्य
उनको योजनाअनुसार पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने, २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २ सय नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने तथा ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ। केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटपमार्फत मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिने अभिव्यक्ति दिएका थापा सामाजिक सञ्जालमा ट्रोलको विषय बनेका थिए। तर उनले उक्त भनाइ हावादारी नभई योजनाबद्ध सोचका आधारमा प्रस्तुत गरिएको स्पष्ट पारे।

थापाले आईसीटी क्षेत्रमा स्थिर कर नीति, कानुनी अड्चनहरूको हटाइ तथा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माणको प्रस्ताव अघि सारेका छन्। सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडलमार्फत क्षेत्रको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार नेपाल अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्छ। साथै सरकारले स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्ने उनले बताए । “आईसीटी क्षेत्रमा रहेको करको दायरा स्थिर बनाउनुका साथै केही कानुनी अड्चनहरू हटाउनु जरुरी छ। यसले गर्दा आईसीटी सेक्टरले केही वर्षभित्रै व्यापक सुधार ल्याउन सक्छ,” थापाले भने। थापाको उक्त घोषणा निर्वाचन अभियानको मुख्य एजेन्डा बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...