पार्टीको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा युवा संघको प्रदर्शन

८ फागुन, हेटौँडा । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी एमालेको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको नेतृत्वमा हेटौँडामा निकालिएको जुलुसमा सहभागी युवाहरूले उक्त गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्। प्रदर्शनकारीहरूले झण्डा जलाउने कार्य अस्वीकार्य भएको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।

राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले झण्डा जलाउने कार्यले राजनीतिक संस्कार र सहिष्णुतामाथि प्रहार गरेको टिप्पणी गर्दै २४ घण्टाभित्र सम्बन्धित पक्षले स्पष्ट धारणा सार्वजनिक गरी कारबाही प्रक्रिया अघि नबढाए बृहत् आन्दोलनमा जाने चेतावनी दिए । उनले फागुन ११ गते बालेन शाह र रवि लामिछाने सहभागी हुने कार्यक्रममा संयमता अपनाउनसमेत आग्रह गरेका छन् ।

प्रदर्शनका क्रममा रास्वपाले घण्टी बजाउँदै हिँड्ने शैलीलाई ‘अराजनीतिक गतिविधि’को संज्ञा दिँदै नगरकोटीले त्यसप्रति आपत्ति जनाए । उनले एमाले एक संगठित, अनुशासित र बलियो राजनीतिक संगठन भएकाले यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबीसमेत गरे ।

युथ भोलेन्टियरका केन्द्रीय सदस्य सानु लामाले लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधिको कडा प्रतिवाद आवश्यक भएकाले चेतावनीसहितको प्रदर्शन गरिएको बताए । उनले संगठनको संस्कारअनुसार सांगीतिक शैलीमा विरोध जनाइएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...