६ चैत, हेटौँडा । नवनिर्वाचित सांसदहरूले शपथ लिने १३ चैतमा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने र प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। रास्वपाका शीर्ष नेताहरूले सरकार गठन र मन्त्रिपरिषद्को संरचनाबारे छलफल गर्दै १५ मन्त्रालयको सीमामा समझदारी गरेका छन्।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहितको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे विस्तृत छलफल भएको हो। बिहीबार भएको बैठकमा, सरकारको सुरुवाती प्राथमिकताबारे पनि परामर्श भएको छ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सशक्त बहुमत प्राप्त भएको कारण, सांसदको शपथ १२ चैतमा लिइने र त्यसपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने निर्णय रास्वपाका नेताहरूले गरेका छन्। यस क्रममा, प्रधानमन्त्रीको शपथ लिने दिनै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ दिलाउने प्रक्रिया तय गरिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।