६ चैत । मकवानपुरको मनहरीमा अफिमजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका ३२ वर्षीय देबचन्द्र घलानलाई पक्राउ गरेको हो ।
उनी सोही गाउँपालिका–६ रुपाचुरी निवासी हुन् । प्रहरीले रीतपूर्वक खानतलासी गर्दा घलानको साथबाट तीन वटा पोका अफिमजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ। उक्त पदार्थको तौल गर्दा जम्मा ३ किलो ४७८ ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत बाट लागुऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।