मध्य र पूर्वी नेपालमा राति वर्षा र हावाहुरीको सम्भावना

६ चैत, हेटौँडा । जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार राति मध्य र पूर्वी नेपालका केही क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार लुम्बिनीका पूर्वी क्षेत्र, बागमती, मधेश र कोशीमा राति हावाहुरी र वर्षा हुने अनुमान गरिएको छ।

पछिल्लो एक घण्टामा बागमती, मधेशका केही क्षेत्र र कोशीमा पानी परेको छ भने पश्चिम नेपालका केही ठाउँमा हल्का वर्षा भएको छ। वरिष्ठ मौसमविद् पौडेलले भने, “दिउँसोबाट एक्टिभ भएको प्रणाली पूर्वतिर सिफ्ट भइरहेको छ। अपराह्नपछि लुम्बिनी र बागमतीमा ठुलो हावाहुरी चलेको छ। राति मधेश लगायत क्षेत्रमा हावाहुरीको सम्भावना छ।”

उनका अनुसार भोलि शनिबार कोशी क्षेत्रमा हावाहुरी चल्ने देखिएको छ। आज शुक्रबारजस्तो भोलि ठुलो क्षेत्रमा वर्षा हुने सम्भावना कम भए पनि कोशी, मधेश, बागमती र गण्डकी लगायतका क्षेत्रमा वर्षा हुने अपेक्षा गरिएको छ।

यसका साथै अन्य क्षेत्रमा पनि बादल लाग्ने र हल्का पानी पर्ने देखिएको छ। विभागले जनाएको छ कि यो प्रणाली शनिबार रातिबाट क्रमशः कमजोर हुँदै जानेछ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...