१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै ओली र लेखकलाई शनिवार बिहान् पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
ओली र लेखकको पक्राउसँगै देशको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । समर्थकहरूले घटनाको विरोध जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले लगायतका दलहरूले पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।