ओली र लेखक महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राखिने, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान

१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई महाराजगन्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि उक्त गणमा लैजाने तयारी भइरहेको छ । शनिबार बिहान भक्तपुरस्थित उनीहरूको छुट्टाछुट्टै निवासबाट पक्राउ गरिएका उनीहरूलाई प्रारम्भिक प्रक्रियापछि प्रहरी परिसर काठमाडौं हुँदै अस्पताल लगिएको थियो ।

ज्यानसम्बन्धी कसुरमा अनुसन्धान
प्रहरीका अनुसार ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार यस्तो कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ ।

यसका लागि दुवै जनालाई जिल्ला अदालत काठमाडौंमा आइतबार उपस्थित गराइने तयारी गरिएको छ । अदालतले अनुमति दिएपछि मात्रै हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइनेछ ।

भदौ २३ गते ‘जेन–जी’ आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगबाट युवाहरूको ज्यान गएको घटनालाई लिएर उनीहरू पक्राउ परेका हुन् । उक्त घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाउँदै मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

दफा १८१ मा लापरबाहीपूर्वक काम गर्दा ज्यान जाने कसुरमा ३ देखि १० वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ भने दफा १८२ मा हेलचेक्र्याइँका कारण ज्यान गएको अवस्थामा ३ वर्षसम्म कैद र जरिवाना हुने प्रावधान रहेको छ।

सुरक्षाकर्मीमाथि अलग अध्ययन
उक्त आयोगले तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ माथि पनि अनुसन्धान सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षाकर्मीका हकमा छुट्टै अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। सोही कारण खापुङलाई भने हालसम्म पक्राउ गरिएको छैन । ओली र लेखकको पक्राउसँगै देशको राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ भने अनुसन्धान प्रक्रिया आगामी दिनमा थप पेचिलो बन्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...