२२ चैत , हेटौंडा । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा रहने जानकारी दिएका हुन्।
उनका अनुसार सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण ऊर्जा खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्री पोखरेलले बताए।
सरकारको यो निर्णय लागू भएसँगै देशभरका सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा हुने भएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।