२३ चैत, हेटौंडा । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन चैत २४ गते मंगलबार दिउँसो ४ बजे बस्नेछ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरेको कार्यालयले जनाएको छ । यसअघि गत साउन २७ पछि प्रदेश सभा बैठक बस्न सकेको थिएन ।
भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र सभा हलमा क्षति पुगेपछि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । अधिवेशन बस्ने भएपछि प्रदेश सभामा आवश्यक विधेयक र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।