२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ। विभागको टोलीले काठमाडौं र हेटौँडास्थित घर र कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको जनाएको छ।
यद्यपि, विभागले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। मुख्यमन्त्री बानियाँ पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।