लेबननमा नेपाली शान्ति सैनिकको क्याम्प नजिक हवाई हमला
३० फागुन, हेटौंडा । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच लेबननमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टर नजिक हवाई हमला भएको छ।
शुक्रबार दक्षिणपूर्वी लेबननको अल–जाबेल क्षेत्रस्थित ब्लु लाइन नजिक संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टर आसपास हमला भएको हो।
लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्प क्षेत्रमा गोला खसेको समाचार सार्वजनिक गरेका छन्। यद्यपि उक्त घटनामा मानवीय क्षति नभएको बताइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले घटनाबारे जानकारी आएको पुष्टि गर्दै विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्।
यस घटनाबारे इसराइली सेनाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भ...



















