
अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न
६ असार, पोर्चगल । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुई वर्षे कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा एन बी अन्जान अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा सागर शाह, उपाध्यक्षमा उर्मिला कार्की, महासचिवमा मणिराज गौतम, सचिवमा ऋतुशला लामा, कोषाध्यक्षमा मुना नेउपाने निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला चयन भएका छन् । अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशन सम्पन्न गर्न निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति रहेको थियो ।
निर्विरोध निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिव लगायतले श...