
हेटौँडाका सफाइ कर्मचारीको सामाजिक सुरक्षा कोषमा आवद्ध
१३ भदौ, हेटौँडा । ०७२ सालमा नेपालकै पहिलो स्वच्छ सहर घोषित भएको हेटौँडा उपमहानगरपालिकाले यहाँका सफाइ कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । हेटौँडाको फोहोर व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएको ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालि र उपमहानगरपालिकाले साझेदारीमा यहाँ कार्यरत ५३ जना सफाइ कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका हुन् ।
ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले यो अभ्यासले कर्मचारीलाई नियमित आम्दानी मात्र नभई भविष्यको सुरक्षा र सामाजिक सम्मान दिलाउने विश्वास लिइएको बताए । उनले निकट भविष्यमा सफाइ कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भइरहेको पनि जानकारी दिए । ‘सफाइ कर्मचारीलाई सुरक्षा कोषमा आबद्धता गराउँदा कर्मचारीको जीवनस्तर उकास्न, आत्मसम्मान बढाउन र पेसालाई दीर्घकालीन बनाउन मद्दत पुग्ने विश्वास लिएका छौँ,’...