
७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात
४ फागुन, हेटौँडा । ७ औं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टोलि सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गर्दै टोलिलाई जिताए । पराजित बिएफसीका अमन लामाको प्रहार मात्रै गोल गरे ।
बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाए भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड ...