Day: April 16, 2025

दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना

दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना

Breaking News 2, ताजा अपडेट, समाचार
३ वैशाख, हेटौँडा । आज दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका एक÷दुई स्थानमा पनि वर्षाको सम्भावना छ । साथै उच्च पहाडी भूभागहरूमा हल्का हिउँ पर्ने पनि सम्भावना छ । काठमाडौँमा पनि आज दिउँसो पानी पर्नेे सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । उनकाअनुसार भोलिदेखि अझै बढी पानी पर्ने सम्भावना छ । अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोली पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । कोशी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । हिजोको तुलनामा आज केही कम पानी पर्ने मौसमविद अधिकारीले जानकारी दिए ।...
बुधबारबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घट्यो

बुधबारबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घट्यो

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार
३ वैशाख, हेटौँडा । आज बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ । नेपाल आयल निगमकाअनुसार पेट्रोल, डिजेल÷मट्टीतेलको भाउ प्रति लिटर तीन–तीन रूपैयाँ घटेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४३ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४५ रूपैयाँ...