Day: April 24, 2025

हेटौँडाबादट पाँच हजार ७५० पत्ता लागुऔषध ट्रामाडोलसहित २ पक्राउ

हेटौँडाबादट पाँच हजार ७५० पत्ता लागुऔषध ट्रामाडोलसहित २ पक्राउ

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
११ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। हेटौँडा– १५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पाँच हजार ७५० पत्ता ९५७ हजार ५०० क्याप्सुल० लागुऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका– ७ बेनौली बस्ने गाडीचालक २५ वर्षीय तीर्थलाल पासवान र सहचालक सोही स्थानका २३ वर्षीय सुनील पटेल रहेका छन्। बारा जिल्लाको सिम्रौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा– १५ रातोमाटे चेकप्वाइन्टस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको ट्रामाडोल बरामद भएको उनले जानकारी दिए। उनीहरूलाई शंका लागेर खानतलासी गर्दा गा...
खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता

खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता

कैलास, समाचार
११ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्नका लागि वाइन टु वाटर नेपाल९डब्लुडब्लुएन०सँग सम्झौता गरेको छ । गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताए । विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताए । तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स...
शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
११ वैशाख, हेटौँडा । शिलान्यास भएको १७ वर्षपछि गौरीटार फुटबल रंगशालाको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालाको शिलान्यास २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बुधबार रंगशालाको उद्घाटन गरेका छन् । निर्धारित मितिअनुसार २९ पुस ०८१ मा रंगशालाका सबै निर्माण कार्य सकिनुपर्ने थियो । रंगशालाको मैदान, रनिङ ट्र्याक, प्यारापिटका सिट र पर्खाल निर्माणमा २० करोड ४६ लाख ७४ हजार रुपैयाँ खर्च भएको खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । ०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो । फुटबल मैदान बने पनि रंगशालाको भौतिक पूर्वाधारका काम बाँकी थियो । पूर्वाधार निर्माण पूरा नहुँदा रंगशालाको उद्घाटन रोकियो । प्रदेश खेलक...
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
११ वैशाख, हेटौँडा । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।” निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०सहितको सहभागितामा भएको ज...
२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० वैशाख, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा २० वैशाखमा चौथो मिस्टर मकवानपुर–०८२ हुने भएको छ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुरसमेत आयोजना गरिने अध्यक्ष भेटवालले बताए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमाघरमा हुनेछ । मिस्टर मकवानपुरको विजेताले एक लाख ३५ हजार ५५५ रुपैयाँ र दोस्रो हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुनेले ४१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगी मकवानपुरको स्थायी बासिन्दा ह...