Day: २०८२, २४ बैशाख बुधबार २२:०९

राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बैशाख, हेटौँडा । बैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्। बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ। यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा ...
भासिएको गाडी फेला परेन, भूगर्भ विभागको टोली फर्कियो

भासिएको गाडी फेला परेन, भूगर्भ विभागको टोली फर्कियो

Breaking News 1, ताजा अपडेट, समाचार
२४ बैशाख, हेटौँडा । गत शुक्रबार हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ। मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो। भूगर्वविद अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए। गाडी डुबेको स्थानमा ठुलो मात्रामा जमिन भासिएको अनुमान गरिए पनि त्यसको वास्तविक कारण र गाडीको अवस्थ...
राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२४ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८स्१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाइएको हो। बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब। घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको...
रास्वपा सभापति लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश

रास्वपा सभापति लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश

ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । उच्च अदालत पाटन, हेटौँडाले इजलासले सभापति लामिछाने माथिको संगठित अपराध तथा ठगी मुद्दाको सुनुवाइ गर्दै सोमबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरको रिट माथी सुनुवाइ गर्दै सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले निवेदनमा सो आदेश गरेको हो । नेपाल सरकारलाई विपक्षी बनाएर लामिछानेले दायर गरेको उक्त रिट उपर न्यायाधीश सेढाइँले उक्त आदेश गरेकी हुन् । न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेकी हुन् । २०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धर...
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउने तयारी

बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउने तयारी

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४ बैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खे (बजेट अधिवेशन) ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ । सरकारको आगामी आर्थिक वर्ष ०८२÷८३ को नीति कार्यक्रममाथि छलफल गर्न प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए । उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्नेछन् । यसै अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्...
राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बेशाख, हेटौँडा । मकवानपुरमा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टोली ९नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ० भिड्ने भएका छन्। हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा संकटालाई हराउँदै पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो। एपिएफले संकटालाई अति प्रतिस्पर्धात्मक खेलमा २–० गोल अन्तरले निराश बनायो। यसअघि मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवनलाई ७–० गोलको पराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। एपिएफ र संकटाबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफको अन्तिम अन्तिममा सम्भव भएको थियो। एपिएफको जितमा रश्मि घिसिङले खेलको ७१औँ र अनिता केसीले ७६औँ मिनेटमा गोल गरे। रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दा अनिताले केसीले पनि बस्...
भारतद्वारा पाकिस्तानमा हवाई आक्रमणः सात जनाको ज्यान गयो

भारतद्वारा पाकिस्तानमा हवाई आक्रमणः सात जनाको ज्यान गयो

Breaking News 1, अन्तरराष्ट्रिय, ताजा अपडेट, समाचार
२४ बैशाख, हेटौँडा । भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ । अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ । गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० ले अनुसन्धान गरिरहेको छ । यही आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप खस्किएको छ । भारत–प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहँदा हजारौंले ज्यान गुमाएका छन् । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् । पाकिस्ता...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज