राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता
१७ असार, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले नेपाली खेलाडीको भविष्यमा प्रतिकूल असर पार्ने देखिएपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'खेलकुद नेतृत्व गर्ने संस्थाबीच समयसमयमा देखिने विवादको प्रत्यक्ष मार सधैं खेलाडीमाथि पर्न गएको छ। अहिलेको परिस्थितिले पनि खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा बढेको छ।'
खेलाडीको हित सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघले सेनेगलमा सन् २०२५ मा हुने युथ ओलम्पिक र जापानमा सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।
'खेलाडी मर्कामा पर्दा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ...
















