Day: July 2, 2025

हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन

हेटौँडा उपमहानगरको ‘न्यायिक दपर्ण’ बिमोचन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१८ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको न्यायीक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ को बिमोचन गरीएको छ । उपमहानगर भित्र भएको न्यायीक गतिबिधी समेटेर प्रकाशन गरीएको न्यायीक दपर्णको बुधबार उप प्रमुख तथा न्यायीक समितिका संयोजक राजेश बानियाँले बिमोचन गरेका हुन् । उपमहानगरपालिकाको न्यायिक समितिको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत भएको मेलमिलापकर्ताहरुको बार्षिक समीक्षामा दपर्णको बिमोचन गरीएको हो । दपर्णको बिमोचनसँग उपप्रमुख बानियाले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भुमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न निर्देशन दिए । कार्यक्रमा न्यायिक समिति मातहत रहेका सबै केन्द्रहरूको कार्य सम्पादनको प्रगति अवस्थाको प्रस्तुति एवम् थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमा सहभागी मेलमिलापकर्ताहरुलाई सुरक्षित बैदेशिक रोजगारीमा मेलम...
आठ सयले गरे रोजगार प्रवर्धन मेलाको अवलोकन

आठ सयले गरे रोजगार प्रवर्धन मेलाको अवलोकन

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
१८ असार, हेटौँडा । रोजगारीको अवसर नपाएको भन्दै बैदेशीक यात्रामा लाग्ने युवाहरुलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको रोजगार प्रवर्धन मेला– २०८२ को ८ सय जनाले अवलोकन गरेका छन् । साना सिपहरु सिकेर पनि यही दैनिकीकलाई सहज बनाउँन सकिन्छ भन्ने जानकारी दिने उद्देश्य सहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको प्रवर्धन मेलाको ८ सय जना युवाहरुले अवलोकन गरेका हुन् । मेलाको बिद्यालय, कलेजका बिद्यार्थी, उद्योगी व्यवसायी तथा रोजगारीको अवसर खोजी युवाहरुले अवलोकन गरेका थिए । मेलामा रोजगारीको खोजीका लागि आएका युवाहरुलाई व्यवसायीक क्षेत्रमा लामो समय देखी रहेका अनुभवी व्यवसायी तथा उद्योगिहरुले आवश्यक सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका ३० भन्दा बढि र उपमहानगरपालिकाले बिभिन्न समयमा तालिम दिएका साना घरेलु उद्योगका...
भूमि समस्या समाधान आयोग मकवानपुरद्वारा हेटौंडा–१६ मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भूमि समस्या समाधान आयोग मकवानपुरद्वारा हेटौंडा–१६ मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१८ असार, हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा प्रमाणीकरणलाई तीव्रता दिँदै हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा एकदिने अझिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधवार सम्पन्न कार्यक्रम वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा र आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष बलराम बलले आयोगले वडामा पहिचान भइसकेका भूमिहीन दलित र सुकुम्बासीहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रमाणिकरण कार्य अघि बढाइरहेको जानकारी दिए। उनले प्रमाणीकरण भइसकेका फाइलहरू आयोगको कार्यालयमा पुगेको ६० दिनभित्र लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए। वडा अध्यक्ष कोइरालाका अनुसार वडामा हालसम्म भूमिहीन दलित र सुकुम्बासीको ५० वटा र अव्यवस्थित बसोबासीको ५३० वटा गरी कुल ५८० फाइल प्रमाणीकरण ...