Day: August 20, 2025

हेटौँडामा नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

हेटौँडामा नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

ताजा अपडेट, समाचार
४ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने प्रयासमा संलग्न भएका चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका ८ का ४५ वर्षीय सुर्य बहादुर नेगी, बकैया गाउँपालिका ७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका १ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा प्रहरीले हेटौंडा उप–महानगरपालिका ११ सुकुम्बासी टोल, त्रिवेणीचोकस्थित एक घरबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरु उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनका अनुसार प्रहरीले कोठामा खानतलासी गर्ने क्रममा झोलाभित्र पिएएमपी लेखिएको सुनजस्तो देखिने ५० थान पहेँलो धातु फेला पारेको थियो । परीक्षणका लागि मकवानपुर स...
मुख्यमन्त्री बानियाँको प्रतिबद्धतास् ‘भोटको सम्मान गर्दै जनमुखी काम गर्छु’

मुख्यमन्त्री बानियाँको प्रतिबद्धतास् ‘भोटको सम्मान गर्दै जनमुखी काम गर्छु’

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
४ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी, गरिबमुखी, न्यायमुखी र आयमुखी काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्लको मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष कार्यक्रममा सहभागी हुँदै बानियाँले आफू निर्वाचित भएको क्षेत्रको समग्र विकासमा दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभयो । म तपाईंहरूको विश्वासकै कारण आज मुख्यमन्त्री बन्न सकेको हुँ, उनले भने, ुअब यो वा त्यो पार्टी नभनी सबै जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर काम गर्छ । कार्यक्रममा बानियाँले लामिटार–चकरी–मकरी सडकलाई कालोपत्रे गर्ने विशेष प्राथमिकताको कामका रूपमा अघि बढाउने बताए । साथै, पुल, सडक र अन्य पूर्वाधार विकासमा आफूले सक्रियता देखाउने आश्वासनसमेत दिए । मह...
बागमती सरकारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख दिने

बागमती सरकारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख दिने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
४ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मनहरि गाउँपालिका वडा नम्बर ६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् । ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रक्रिया पूरा गर्न प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् । बानियाँले सो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्य...