Day: August 24, 2025

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
मकवानपुरको थाहा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा 

मकवानपुरको थाहा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा 

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार, स्वास्थ्य
८ भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकालाई आइतबार ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ । थाहा नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेकोले थाहालाई  ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो । १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलोपटक पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । आइतबार एक औपचारिक कार्यक्रमकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई  ‘पूर्ण ...