Day: २०८२, १७ आश्विन शुक्रबार २०:२८

मुलुकभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मुलुकभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१७ असोज, हेटौँडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप सक्रिय हुने भएकाले मुलुकका केही स्थानमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले शुक्रबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागमा शनिबार र आइतबार धेरै स्थानमा वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागमा पनि केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको उल्लेख छ । मौसमविद् प्रतिमा मानन्धरका अनुसार अहिले मुलुकभर बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ । उनले भने, “शनिबार र आइतबार मुलुकका धेरै स्...
कान्तिलोकपथ र हेटौंडा–भैसे–काठमाडौं रुटमा तीन दिन राति सवारी आवागमनमा रोक

कान्तिलोकपथ र हेटौंडा–भैसे–काठमाडौं रुटमा तीन दिन राति सवारी आवागमनमा रोक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१७ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै कान्तिलोकपथ र हेटौंडा–भैसे–काठमाडौं सडकखण्डमा तीन दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ । प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार कान्तिलोकपथमा आज शुक्रबार अपरान्ह ४ बजेदेखि असोज २० गते बिहान ६ बजेसम्म रातिको समयमा कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइनेछ । त्यस्तै हेटौंडा–भैसे–काठमाडौं सडक खण्डमा आजै साझ ५ बजेदेखि २० गते बिहान ६ बजेसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको छ । मौसम विज्ञान विभागले असोज १५ गते जारी गरेको पूर्वानुमान सूचनामा आगामी दिनहरूमा भारी वर्षा र पहिरोको जोखिम उच्च रहेको जानकारी दिएपछि प्रशासनले यस्तो कदम चालेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई धनजनको क्षति हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज