Day: २०८२, १८ आश्विन शनिबार १५:११

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिबार मध्याह्न तमोर करिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३, कार्तिके भन्ने स्थानमा दुर्घटना भएको हो । प्रहरीका अनुसार मे १ ज ३०५५ नम्बरको पिकअप गाडी सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउने सबै यात्रुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पताल पाँचथरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए । दुर्घटनाको कारण प्रारम्भिक रूपमा तीव्र गति र भीरालो सडक खण्ड रहेको अनुमान गरिएको छ । प्रहरीले घटनास्थलमा उद्धार कार्य सम्पन्न गरी थप अनुसन्धान भइरहेको जन...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार — सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार निरन्तर वर्षाका कारण सडक अवरुद्ध, आवागमन कठिन भएको र धेरै जिल्लामा उद्धार तथा राहत कार्य जारी रहेका कारण यस्तो निर्णय गरिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि देशभरको प्रतिकूल मौसम अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयस्तरीय बैठकले थप दुई दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आपतकालीन सेवामा रहेका सुरक्षा निकाय, स्वास्थ्य संस्था र विपद् व्यवस्थापनमा संलग्न कर्मचारी भने नियमित रुपमा खटिने छन् । वर्षासँगै बाढी–पहिरोको जोखिम बढेको भन्दै गृह मन्त्रालयले नागरिकलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह समेत गरेको छ ।...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा तटीय बस्ती उच्च जोखिममा पर्ने भन्दै भन्दै कांग्रेस बागमती प्रदेशले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । शनिबार बिहानैदेखि परेको वर्षा अझै तीन दिनसम्म निरन्तर रहने मौसमविद्हरूको प्रक्षेपणलाई उद्धृत गर्दै कांग्रेसले जारी विज्ञप्तिमा ठूला जनधन क्षतिको सम्भावना बढेकोले सचेत रहन आग्रह गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले विपद् पूर्वतयारीमा जुटी सम्भाव्य जोखिम क्षेत्रको पहिचान गर्न, त्यहाँका नागरिकलाई पूर्वजानकारी दिन र तत्काल उद्धार तथा राहत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यस्तै बडादशैंको अवसरमा टीका–आशीर्वाद लिन जाने र फर्कने क्रममा लामो दूरीको यात्रासमेत भइरहेको परिस्थितिमा अझै बढी...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार, ती तीन दिनको अवधिमा हुने अपेक्षित भारी वर्षा र त्यसपछि उत्पन्न हुन सक्ने पहिरो, बाढी तथा सडक अवरोधजस्ता जोखिमका कारण यस्तो निर्णय गरिएको हो। प्राधिकरणका अनुसार, अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सवारीसाधन सञ्चालन रोक्ने निर्णय लिइएको हो। यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय भइरहेको बताइएको छ। विपद्‌ न्यूनीकरण प्राधिकरणले आम जनतालाई वर्षाको समयमा अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र प्रशासनले जारी गर्ने थप सूचनाहरूको पालना गर्न आग्रह गरेको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज