अर्को मनसुनी प्रणाली सक्रिय हुँदै, थप भारी वर्षाको सम्भावना स् मौसम पूर्वानुमान महाशाखा
१८ असोज, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशभर थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण हाल देशका धेरैजसो भागमा मुसलधारे वर्षा भइरहेको छ भने अर्को मनसुनी प्रणाली सक्रिय हुन लागेको महाशाखाले जनाएको हो ।
हाल मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ। विशेषगरी पर्सा, सर्लाही, रौतहट, धनुषा, महोत्तरीमा भारी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार बितेका १२ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा १४४ मिलिमिटर मापन गरिएको छ । यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।
देशको मध्य भाग हुँदै पूर्वी भू–भागमा बढी वर्षा भइरहेको छ । नवलपरासीपूर्वदेखि धनकुटासम्मको तराई तथा पहाडी क्षेत्रमा लगातार पानी परिरहेको छ । सिन्धुपाल्चोकदेखि दोलखा तथा काठमाण्डौ उपत्यका लगायत १४ जिल्लामा ५० मिलिमिट...


















