
बागीभुगोल साप्ताहिकको राक्सिराङ्गमा बिमोचन, गाउँको आवाज गाउँबाट उठाउने संकल्प
२६ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार ‘बागीभुगोल साप्ताहिक’ पत्रिकाको औपचारिक बिमोचन गरिएको छ । गाउँमै आयोजित कार्यक्रममा पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयवस्तु समेट्ने प्रतिबद्धता जनाएको छ ।
पत्रिकाको उद्देश्य ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने रहेको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा फरक ढंगले, चेपाङ र बनकरिया समुदायका मुद्दा, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूल जस्ता स्थानीय बिषयहरूलाई प्राथमिकता दिने बागीभुगोलले जनाएको छ ।
बिमोचन समारोहमा प्रमुख अतिथि तथा राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले हालको पत्रकारिता उद्घाटन र कार्यक्रममै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, “पत्रकारिता खोजमा आधारित हुनुपर्छ । उद्घाटन र चिल्ला महलका समाचा...