Day: October 12, 2025

बागीभुगोल साप्ताहिकको राक्सिराङ्गमा बिमोचन, गाउँको आवाज गाउँबाट उठाउने संकल्प

बागीभुगोल साप्ताहिकको राक्सिराङ्गमा बिमोचन, गाउँको आवाज गाउँबाट उठाउने संकल्प

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राक्सिराङ्ग
२६ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार ‘बागीभुगोल साप्ताहिक’ पत्रिकाको औपचारिक बिमोचन गरिएको छ । गाउँमै आयोजित कार्यक्रममा पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयवस्तु समेट्ने प्रतिबद्धता जनाएको छ । पत्रिकाको उद्देश्य ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने रहेको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा फरक ढंगले, चेपाङ र बनकरिया समुदायका मुद्दा, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूल जस्ता स्थानीय बिषयहरूलाई प्राथमिकता दिने बागीभुगोलले जनाएको छ । बिमोचन समारोहमा प्रमुख अतिथि तथा राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले हालको पत्रकारिता उद्घाटन र कार्यक्रममै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, “पत्रकारिता खोजमा आधारित हुनुपर्छ । उद्घाटन र चिल्ला महलका समाचा...