बढ्यो डिजेल र पेट्रोलको मूल्य
२९ कात्तिक, हेटौँडा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरेर प्रतिलिटर पेट्रोलको मूल्य दुई रुपैयाँ र डिजेलको मूल्य तीन रुपैयाँले बढाएको निगमले जनाएको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएपछि मूल्य बढाएको हो । यद्यपि, भारतबाट बढेर आएको मूल्य दरको तुलनामा कम बढाएको निगमको भनाइ छ।
‘इन्डियन आयल कर्पोरेसनबाट १५ नोभेम्बरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २।५४ ले र डिजेलमा ६।५३ ले बढेर आए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५८।५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गका क्षेत्रमा १६१ रुप...
















