Day: May 2, 2026

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सशस्त्र प्रहरी बल एपिएफक्लबलाई २–१ गोलले पराजित गरेको हो । चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो। एपिएफका बुद्धिमान राईले ४७औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए पनि चित्लाङका एरोन थापाले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका लक्ष्मण थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जितसँगै चित...