Day: August 4, 2025

बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

Breaking News 1
१९ साउन, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेश गरेका छन् । कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख समक्ष १९ गते पेश गरिएको दावीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । संविधानको धारा १६८(२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन् । दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ।...