बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटामा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

उनका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रशासनिक संरचनालाई छरितो, प्रभावकारी र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको उनको भनाइ छ।

प्रदेश सरकारले नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। निर्णयअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन्।

यसैगरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहने प्रवक्ता तामाङले जानकारी दिए।

यसअघि मन्त्रालय पुनर्संरचनासम्बन्धी सुझाव दिन पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसका आधारमा मन्त्रालयको संख्या आठ तय गरिएको हो। समितिले मन्त्रालयको संख्या आवश्यकताभन्दा बढी भएको निष्कर्ष निकाल्दै त्यसलाई घटाउन सुझाव दिएको थियो।

मन्त्रालय संख्या घटेसँगै मातहतका कार्यालयहरू पनि पुनर्संरचना गरिने भएको छ। हाल रहेका करिब १९८ कार्यालयलाई घटाएर १४८ मा सीमित गर्ने तयारी गरिएको छ, जसअनुसार करिब ५० वटा कार्यालय घट्नेछन्। यसबाट चालू खर्चमा करिब पाँच अर्ब रुपैयाँसम्म कटौती हुने प्रदेश सरकारको अनुमान छ।

बैठकले सचिवहरूको पदस्थापनसमेत गरेको छ। महेश भट्टराईलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, नारायण मैनालीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, अनिता निरौलालाई श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा हेमराज भुसाललाई नीति तथा योजना आयोगमा पदस्थापन गरिएको छ।

यस्तै, त्रिभुवन पार्क विकास समितिको अध्यक्षमा चन्द्रबहादुर नेपालीलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। प्रदेश सरकारले खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने लक्ष्यसहित पुनर्संरचना अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...