सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू विरोधमा उत्रिएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङबाट र्‍याली निकाल्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए ।

प्रदर्शनकारीले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै व्यवस्थापनको मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रशासनमार्फत बुझाएका छन्। नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘उठीवास होइन, व्यवस्थापन गर’ भन्ने माग अघि सारेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई ज्ञापानपत्रसमेत बुझाएका हुन् ।

सरकारले केही दिनदेखि काठमाडौं उपत्यकाका अतिक्रमित बस्ती खाली गर्न थालेपछि गृह मन्त्रालयले अन्य जिल्लामा पनि लगत संकलन गर्न निर्देशन दिएको छ । सोही निर्देशनपछि मकवानपुरका सुकुमवासीहरू पनि आफ्नो बास उठ्ने हो कि भन्ने कुरामा सशंकित बनेका हुन् ।

भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका तर्फबाट ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले गृह मन्त्रालयको निर्देशनअनुसार सुकुमवासीहरूको लगत संकलन कार्य भइरहेको जानकारी दिए । सरकारको निर्देशन पालना गर्ने निकाय भएकाले सोहीअनुसार नै भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयले गरिरहेको उनको भनाइ छ ।

यस्तै, उनीहरूले हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई पनि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर लामाले हेटौँडामा अन्यत्र जस्तो भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले रुँदै हिँड्नुपर्ने गरी काम नगर्ने स्पष्ट पारिन् । उनले सरकारले सरकारी जग्गा अतिक्रमण भएका क्षेत्रमा बसोबास गर्नेहरूको उचित व्यवस्थापन गरेर मात्रै काम गर्ने दाबी पनि गरिन् ।

प्रदर्शनकारीहरूले सुकुमवासीलाई हटाउने नीति अव्यावहारिक भएको भन्दै दीर्घकालीन समाधानका रूपमा व्यवस्थित बसोबास, जग्गा व्यवस्थापन र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...