प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभा बैठकमा तीव्र विरोध भएको छ। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सदस्यहरूले त्यसलाई राष्ट्रघाती, आपत्तिजनक र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाएका छन्।

सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अधिकांश सांसदहरूले प्रधानमन्त्रीको भनाइको आलोचना गर्दै सार्वजनिक रूपमा माफी माग्न र आवश्यक परे पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “इतिहासकै कालो धब्बा”को संज्ञा दिँदै संसद्मार्फत नेपाली जनतासँग माफी माग्नुपर्ने बताए। उनले बागमती प्रदेशसभाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत गरे।

“भारतीय सञ्चारमाध्यमले समेत दाबी नगरेको कुरा नेपाली प्रधानमन्त्रीले बोलेर अन्तर्राष्ट्रिय समुदायसामु नेपालीको शिर निहुराउने काम गर्नुभएको छ,” उनले भने।

पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताए। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा अतिक्रमण गरिरहेको अवस्थामा आफ्नै देशलाई दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय स्वार्थविपरीत भएको उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति र सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणबीच कुनै राजनीतिक सम्बन्ध वा दबाब रहेको हो कि भन्ने प्रश्नसमेत उठाए।

नेकपा एमालेका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री शाहले तत्काल राजीनामा दिनुपर्ने माग गरे। उनले नेपालका विभिन्न सीमावर्ती क्षेत्रमा भारतद्वारा अतिक्रमण भइरहेका तथ्यहरू रहेको दाबी गर्दै प्रधानमन्त्रीको भनाइलाई “राष्ट्रघाती”को संज्ञा दिए।

“देशको नेतृत्वकर्ताबाट यस्तो अभिव्यक्ति आउनु स्तब्धकारी र आपत्तिजनक छ,” उनले भने।

सांसद सुस्पा भुजेलले प्रधानमन्त्रीको भनाइले नेपाली जनताको स्वाभिमानमा गम्भीर चोट पुगेको बताउँदै संसद् र देशलाई लिखित रूपमा स्पष्टीकरण दिनुपर्ने माग गरिन्। उनले प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने धारणा पनि राखिन्।

त्यसैगरी नेकपा बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ‘ग्रेटर नेपाल’को नक्सा प्रदर्शन गर्ने बालेन शाह अहिले भारतप्रति नरम बनेको आरोप लगाए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...