मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ
१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ३५ ग्राम १० मिलिग्राम, चरेसजस्तो पदार्थ २६० मिलिग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको छ।
प्रहरीका अनुसार पहिलो घटनामा बारा कलैया उपमहानगरपालिका– १४ निवासी ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका– ९ निवासी २१ वर्षीय सर्जुक साह तथा रौतहट बौधीमाई नगरपालिका– २ निवासी २१ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको छ।
त...















