ताजा अपडेट

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनोरञ्जन, समाचार
११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति करिब १२ः४५ बजे नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझमा अनुगमन गर्ने क्रममा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले दिएको जानकारी अनुसार हेटौँडा–१० स्थित ब्लुमुन डान्स बारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेवल अप डान्स बारका २३ वर्षीय संयोग सुनार, हेटौँडा–१० कै आरआरएस दोहोरी साँझमा कार्यरत २५ वर्षीय सुजन घलान तथा सिरेटो थकाली रोधी गजल घरमा कार्यरत ३० वर्षीय इन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले तोकिएको समयसीमा उल्लङ्घन गरी व्यवसाय सञ्चालन गर्नेहरूमाथि निगरानी तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ। साथै, सार्वजनिक सुरक्ष...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन (Integrated Water and Sewerage Management) क्षेत्रका लागि एशियाली विकास बैंक बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता टुंग्याउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने उक्त टोलीले सम्झौता तथा सम्बन्धित कागजातलाई अन्तिम रूप दिन वार्ता गर्नेछ। त्यस्तै, सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जग्गासम्बन्धी पुरानो निर्णय सच्याएको छ। यसअघि २०७५ भदौ २१ को निर्णयअनुसार सो जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने भनिएकोमा अब उक्त निर्णय खारेज गरी जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरिएको छ। बैठकले स...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सरकारसमक्ष प्रस्तुत गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष बिहीबार उक्त रणनीति पेश गरिएको हो। मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले तयार पारेको रणनीति गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत ऊर्जा खपत र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको हो। रणनीतिमा देशभित्र विद्युत्को खपत उल्लेख्य रूपमा वृद्धि गर्दै खपतपछि बचत हुने ऊर्जा निर्यात गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। सबै घरधुरीमा शतप्रतिशत विद्युतीकरण सुनिश्चित गर्दै प्रसारण तथा वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको छ। घरायसी क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग विस्तार, मि...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गर्ने भएको छ । विद्यालयले शैक्षिक वर्ष २०८३र८४ देखि व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसअघि विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन गराउँदै आएको विद्यालयले समयअनुकूल सीपमुखी र रोजगारी उन्मुख शिक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ विषय थप गर्न लागेको जनाएको छ । होटल म्यानेजमेन्ट अध्ययनका लागि आवश्यक सुविधा सम्पन्न ल्याबसमेत स्थापना गरिने जानकारी दिइएको छ । आइतबार आयोजित कक्षा १२ का विद्यार्थीको बधाई तथा विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले प्रविधिमैत्री, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै कक्षाहरू ...
मातातीर्थ औँसी: देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

मातातीर्थ औँसी: देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
मातातीर्थ औँसीस् देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै ४ वैशाख, हेटौँडा । आज देशभर मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वले जन्मदिने आमाप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसर प्रदान गर्दछ । यस दिन बिहानै स्नान गरी शुद्ध भएर छोराछोरीहरूले आफ्नी आमालाई सुन्दर वस्त्र अर्पण गर्ने, मीठा तथा पोषिला परिकार खुवाउने र आशिर्वाद लिने परम्परा रहेको छ। आमाप्रति प्रेम, सम्मान र सेवा भाव प्रकट गर्ने यस पर्वलाई नेपाली समाजमा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ । आमा दिवंगत भइसकेकाहरूले भने आजकै दिन आमाको सम्झनामा श्राद्ध गर्ने र तर्पण दिने चलन छ। धार्मिक मान्यताअनुसार यसो गर्दा मातृऋणबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा बिहानै...
प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
३ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउन र औषधीय उपयोगिताका लागि गाँजाको प्रयोगलाई कानुनी अनुमति दिने गरी कानुन बनाउन प्रस्ताव गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०सँग संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउनुपर्ने धारणा राखेका हुन्। बानियाँले प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशमा मन्त्रीहरूको संख्या बढी हुने गरेको बताए। त्यसका लागि संविधान नै संशोधन गरेर मन्त्रालयको संख्या सीमित गर्न सकिने धारणा राखेका थिए। ‘प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या सीमित गर्न सकिने धारणा राखेको छु,’ बैठकपछि बानियाँले भने...
बोडेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको दुई लाख सहयोग

बोडेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको दुई लाख सहयोग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
३ वैशाख, हेटौंडा । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले नगद दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकमसहित श्रेष्ठलाई सम्मान गरेको हो । मंगलबार आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनलाई नगद दुई लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेका थिए । वैशाख २ गते आयोजना भएको बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्षसहित श्रेष्ठले चौथोपटक जिब्रो छेडेका हुन्। प्रदेश सरकारले उक्त जात्राको परम्परा जोगाउन र यसमा सहभागी हुने व्यक्तिलाई प्रोत्साहन गर्न गत वर्षदेखि सहयोग उपलब्ध गराउदै आएको छ। मन्त्री श्रेष्ठका अनुसार जिब्रो छेड्ने परम्परा जोगाइराख्ने...
अनुशासनमा रहेर मिहिनेत गरे सफल भइन्छः क्रिकेटर सन्दीप लामिछाने

अनुशासनमा रहेर मिहिनेत गरे सफल भइन्छः क्रिकेटर सन्दीप लामिछाने

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२ वैशाख, हेटौंडा । क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रेरणा दिन राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने हेटौँडा आइपुगेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोइस्थित हेटौँडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षण केन्द्रमा रहेका खेलाडीहरूसँग अनुभव साटासाट गर्न उनी बुधबार हेटौँडा पुगेका हुन् । उनले एकेडेमीमा करिब दुई घण्टा बिताउँदै प्रशिक्षण लिइरहेका खेलाडीहरूसँग अन्तरक्रिया गरेका थिए । नेपाली क्रिकेटका चर्चित खेलाडी लामिछानेले अन्तर्राष्ट्रियस्तरका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनले युवा खेलाडीलाई निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ खेल्दै अगाडि बढ्न सुझाव दिएका थिए । ‘क्रिकेटमा भविष्य बनाउन मिहिनेत अत्यन्त आवश्यक छ । अनुशासनमा रहेर दृढ विश्वासका साथ अघि बढे सफल हुन सकिन्छ,’ उनले भने । एकेडे...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२ वैशाख, हेटौँडा । सरकारले २०६२÷६३ सालदेखि हाल २०८२÷८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ÷ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोन्य अदालतका पूर्वन्यायाधीषा राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र बार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औं बुँदामा यसबारे उल्लेख गरिएको छ । उ...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ र यस दिनलाई हर्षोल्लास र उमङ्गका साथ मनाउने चलन छ । आजको दिनलाई विशेष रूपमा मेष सङ्क्रान्ति पनि भनिन्छ, जसले सूर्यको मीन राशिबाट मेष राशिमा प्रवेश गर्नुलाई जनाउँछ । विक्रम संवत्, जो कि नेपालको सबैभन्दा पुरानो संवत हो, वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छ । यस संवत्को आधार सूर्यको गति हो, जसले यसलाई शाश्वत र वैज्ञानिक बनाउँछ । नेपालभरका मानिसहरू आजको दिनलाई नयाँ सुरुआतको रूपमा लिन्छन् र पुरानो वर्षका सफलतासँगै असफलताको मूल्याङ्कन गर्दै नयाँ सङ्कल्पका साथ अघि बढ्न कसम खाउँछन् । आजको दिनको परम्परामा बिहानै नुहाउन, घर आँगन सफा गर्न र मठमन्दिरमा पूजा अर्चना गर्न महत्त्व दिइन्छ। साथै, साथीहरू र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्ने परम्परा...