Breaking News 1

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटामा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए। उनका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रशासनिक संरचनालाई छरितो, प्रभावकारी र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको उनको भनाइ छ। प्रदेश सरकारले नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। निर्णयअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन्। यसैगरी कृषि, पशुपन्छी, व...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ‘सरकारी कामकाजी भाषा ऐन, २०७९’ कार्यान्वयनमा आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने र सो दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जनाएको छ । मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार सो दिन प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा निकाय बन्द रहनेछन् । यसअघि ०८२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाषा दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। सोही निर्णयअनुसार ०८३ वैशाख २४ गतेका दिन प्रदेशभर सार्वजनिक बिदा लागू गरिएको हो। प्रदेश सरकारले भाषा, पहिचान र प्रशासनिक कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्स...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू विरोधमा उत्रिएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङबाट र्‍याली निकाल्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए । प्रदर्शनकारीले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै व्यवस्थापनको मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रशासनमार्फत बुझाएका छन्। नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘उठीवास होइन, व्यवस्थापन गर’ भन्ने माग अघि सारेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई ज्ञापानपत्रसमेत बुझाएका हुन् । सरकारले केही दिनदेखि काठमाडौं उपत्यकाका अतिक्रमित बस्ती खाली गर्न थालेपछि गृह मन्त्रालयले अन्य जिल्लामा पनि लगत संक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो निवास तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफू लामो राजनीतिक यात्रापछि हाल प्रदेश सरकारको प्रमुखका रूपमा जनताको सेवामा रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। ‘सार्वजनिक खर्च कटौती र आर्थिक मितव्ययिताका लागि निरन्तर प्रयासरत रहेको तथा योजना र बजेटमा पारदर्शिता कायम गरिएको छ,’ उनले उल्लेख गरेका छन्। बानियाँले राज्यका ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ। विभागको टोलीले काठमाडौं र हेटौँडास्थित घर र कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको जनाएको छ। यद्यपि, विभागले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। मुख्यमन्त्री बानियाँ पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथले चर्च ब्वाइजलाई २–१ गोलले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ११औँ मिनेटमा सुशन मगरले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर, बागमती युथले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो । खेलको २८औँ मिनेटमा अनिष महर्जनले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए । निर्धारित समय सकिनै लाग्दा ८८औँ मिनेटमा कप्तान आयुष मगरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बागमतीलाई जित दिलाए । खेलमा उत्कृष्ट ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सशस्त्र प्रहरी बल एपिएफक्लबलाई २–१ गोलले पराजित गरेको हो । चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो। एपिएफका बुद्धिमान राईले ४७औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए पनि चित्लाङका एरोन थापाले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका लक्ष्मण थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जितसँगै चित...
टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१८ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सिमराको नवजनजागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै नवजनजागृतिले अन्तिम चारको यात्रा तय गरेको हो । शुक्रबार बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको सुरुवातमै आक्रामक देखिएको आर्मीले आठौँ मिनेटमा कप्तान भरत खवासको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता जोगाएको आर्मी दोस्रो हाफमा दबाबमा पर्‍यो। खेलको इन्जुरी समयमा नवजनजागृतिले बराबरी गोल फर्कायो। दोस्रो हाफको अतिरिक्त समयको ९३औँ मिनेटमा सन्तोष गोङ्बाले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएपछि मैदानमा रोमाञ्चकता थपिएको थियो।...
बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युथको जित

बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युथको जित

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजकमाथि प्रभावशाली जित निकाल्दै सर्लाहीको बागमती युथ क्लबले प्रतियोगितामा सशक्त सुरुवात गरेको छ। बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोल अन्तरले हराएको हो। खेलको ३१औँ मिनेटमा सुजन गुरुङले टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको बागमती युथले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। बागमती युथले आक्रामक खेल प्रस्तुत गर्ने क्रममा ६८औँ मिनेटमा राजु लो र ७१औँ मिनेटमा अनिष महर्जनले थप गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुजन गुरुङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बागमती युथ क...
हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनोरञ्जन, समाचार
११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति करिब १२ः४५ बजे नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझमा अनुगमन गर्ने क्रममा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले दिएको जानकारी अनुसार हेटौँडा–१० स्थित ब्लुमुन डान्स बारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेवल अप डान्स बारका २३ वर्षीय संयोग सुनार, हेटौँडा–१० कै आरआरएस दोहोरी साँझमा कार्यरत २५ वर्षीय सुजन घलान तथा सिरेटो थकाली रोधी गजल घरमा कार्यरत ३० वर्षीय इन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले तोकिएको समयसीमा उल्लङ्घन गरी व्यवसाय सञ्चालन गर्नेहरूमाथि निगरानी तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ। साथै, सार्वजनिक सुरक्ष...