Breaking News 1

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। संघीय विशिष्ट पदाधिकारी ९भिभिआइपी० बाहेक कसैले पनि सल्लाहकार नियुक्त गर्न नपाउने निर्णय पनि गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको हो। सोहीअनुसार स्वकीय सचिव र सल्लाहकारसम्बन्धी सुविधा खारेज गरिएको हो। सरकारको निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। मन्त्रिपरिषद्का निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक अन्य कुनै पदाधिकारीले सल्लाहकार नियुक्...
बडादशैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

बडादशैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ असोज, हेटौँडा। नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ । घटस्थापनाका दिन बिहानै नित्यकर्म पूरा गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा कलश स्थापनासहित देवी दुर्गाको आह्वान गरी पूजाआराधना गर्ने परम्परा छ । सो क्रममा यव ९जौ० रोपेर जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा परेको थियो । विजयादशमी अर्थात् १६ गतेसम्म दुर्गा देवीको पूजा आराधना गरी दशैँको अन्तिम दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ । दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँ फर्किनेको चहलपहल पनि बढेको छ ।...
जेन जी आन्दोलनबाट क्षती पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण दोषीलाई कारवाहिको दायरामा ल्याइने

जेन जी आन्दोलनबाट क्षती पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण दोषीलाई कारवाहिको दायरामा ल्याइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२ असोज, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा २४ मा भएको तोडफोड र आगजनीबाट सरकारी र नीजि संरचनाहरुमा पुगेको क्षतिको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीहरुसहित पुगेका उनले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निरीक्षण गरेका छन् । यस्ते मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार मन्त्रालय, कृषी तथा पशु पन्छि मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा १ चौकिटोलमा रहेको भाटभटनीको समेत निरीक्षण गरेका छन् । आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहर...
बागमती प्रदेश सभाका सभामुख पद रित्त, पाठकले दिए राजीनामा

बागमती प्रदेश सभाका सभामुख पद रित्त, पाठकले दिए राजीनामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१ असोज, हेटौँडा । बागमती प्रदेश सभामा सभामुख पद रिक्त भएको छ । सभामुख भुवनकुमार पाठकले औपचारिक रूपमा पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । २४ भदौमा जेन–जी पुस्ताको आन्दोलन चरमउत्कर्षमा पुगेको वेला उनले सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेका थिए । सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार भने उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । उनले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन् । तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न असहज भएकाले औपचारिक पत्र पठाउन नसकेको स्पष्टीकरण दिँदै पाठकले बुधबार ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको बताएका हुन् । राजीनामा–पत्रमा पाठकले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले आफूलाई अत्...
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकः समाजमा शान्ति र सद्भाव कायम गर्न आह्वान

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकः समाजमा शान्ति र सद्भाव कायम गर्न आह्वान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१ असोज, हेटौंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेनजी आन्दोलनपछि उत्पन्न अस्तिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न सबैलाई आह्वान गरेको छ । सुशासनको मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । बैठकले आन्दोलनकै क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चार गृह, औद्योगिक प्रतिष्ठान, व्यापारी केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारी साधनमा भएको तोडफोड र आगजनीप्रति बैठकले कडा आपत्ति जनाएको छ । प्रदेश सभापति एवं प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै औपचारिक प्रक्रिया अघि बढाएको छ । मंगलबार बसेको प्रदेश सचिवस्तरीय बैठकले उच्चस्तरीय कार्यदल गठन गरी तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको हो । प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच सहकार्य र समन्वय अनिवार्य गर्ने निर्णय गरेको छ । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्ठाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी सद...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत आज सोमबार सार्वजनिक गरेको छ ।समितिले आज निकालेको सूचनामा जनाइए अनुसार बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । असोज ६ गते घटस्थापना गर्न बिहान ९ बजेर १३ मिनेटमा साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।...
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा

प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै कार्कीले आफ्नो पहिलो निर्णयकै रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले उक्त सिफारिस तत्काल सदर गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन् । शुक्रबार राति शीतल निवासमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको शपथ गराएका थिए । शपथपछि मन्त्रिपरिषद्को पहिलो बैठकमै संसद् विघटनको निर्णय गरिएको हो । युवा पुस्ता (जेन–जी)को आन्दोलन र दबाबकै आधारमा कार्की सोमबार प्रधानमन्त्री नियुक्त भएकी हुन्  । जेनजी अभियानका अगुवाहरूले सामाजिक सञ्जालमार्फत कार्कीको नाम अघि सारेका थिए । संसद् विघटनको यो कदम मुलुकको संवैधानिक र राजनीतिक इतिहासमा दुर्लभ मानिएको छ । प्रध...
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२७ भदौ, हेटौँडा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न मुलुकका कूटनीतिज्ञ सहभागी थिए । लामो राजनीतिक रस्साकस्सीपछि केहीबेर अघि मात्र राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार, नियुक्ति गर्दा संविधानको धारा ६१ को उपधारा ९३० र ९४० मा रहेको राष्ट्रपतिको संवैधानिक अधिकार प्रयोग गरिएको हो । उक्त धारामा राष्ट्रपतिले “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने” र “संविधानको पालना तथा संरक्षण गर्नु प्रमुख कर्तव्य हुने” व्यवस्था छ ...
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त

सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२७ भदौ, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेन–जी आन्दोलनको प्रमुख मागअनुसार कार्कीलाई निर्दलिय अन्तरिम सरकारको नेतृत्व दिने निर्णय गरिएको हो । राष्ट्रपतिले यस निर्णयका लागि संविधानको धारा ६१ लाई आधार मानेका छन् । उक्त धाराको उपधारा ९४० अनुसार “संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ” भनिएको छ । त्यस्तै उपधारा ९३० मा “राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ” स्पष्ट उल्लेख छ । यी दुवै संवैधानिक प्रावधानलाई आधार मान्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधानको मर्मअनुसार मुलुकलाई स्थायित्व दिलाउन तथा संक्रमणकालीन अवस्थाबाट अघि बढाउन अन्तरिम मन्त्रिपरिषद्को गठन अपरिहार्य भएको नि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज