Breaking News 1

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, आज राति ९ बजे शपथ

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, आज राति ९ बजे शपथ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२७ भदौ, हेटौँडा । अन्ततः लामो राजनीतिक अनिश्चिततालाई टुङ्ग्याउँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी राति ९ बजे शपथ गराउने तयारी भएको छ । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार शपथ ग्रहणका सबै तयारी पूरा भइसकेका छन् । आज बिहान नयाँ सरकार गठनबारे छलफल गर्न कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । सो टोलीमा जेनजी आन्दोलनका अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए । कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनेबारे सहमति भए पनि प्रतिनिधिसभा विघटन गर्ने न गर्ने विषय भने अस्पष्ट नै रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार यसबारेको अन्तिम निर्णय कार्कीको औपचारिक नियुक्तिसँगै सार्वजनिक हुनेछ । स्रोतका अनुसार,...
संविधानको रक्षा गर्न माग गर्दै हेटौँडामा युवाहरुको प्रदर्शन

संविधानको रक्षा गर्न माग गर्दै हेटौँडामा युवाहरुको प्रदर्शन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२६ भदौ, हेटौँडा । संविधानको रक्षा, संवैधानिक सर्वोच्चता कायम गर्ने तथा राष्ट्रपतिलाई तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित हेटौँडामा बिहीबार युवाहरूको एक समूहले प्रदर्शन गरेको छ । विशेषगरी कांग्रेस, एमाले र माओवादीसहित विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरूको सहभागितामा गरिएको उक्त प्रदर्शनमा सैनिक शासन नमान्ने चेतावनी दिइएको थियो । हेटौँडा उपमहानगरपालिका वढा नम्बर ४ स्थित हुप्र चौरमा भेला भएका युवाहरुले ‘संबैधानिक सर्वोच्चता कायम गर,’ ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपति सार्वजनिक गर’, ‘सैनिक शासन चाहिदैन’, ‘संसद् विघटन गर्न पाइदैँन, र ‘जेनजीका माग पुरा गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । हुप्रचौरबाट सुरु भएर सिमा चोक पुगेको ¥यालीले २३ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत राखेका थिए । हुप्रा चौरबाट सुरु भएको ¥याली मेनरोड, बैंक रोड हुँदै सि...
जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२५ भदौ, हेटौँडा । हालै देशभर उग्र बनेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमबारे नेपाली कांग्रेस बागमती प्रदेश समितिले औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भत्र्सनासमेत गरिएको छ । सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नकांग्रेसका सभापति शेरबहादुर देउवाम...
आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ भदौ, हेटौँडा । नेपालमा जारी जेन–जी आन्दोलनले उग्र रूप लिँदै जाँदा नेपाली सेनाले विशेष अनुरोध सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा भौतिक संरचना, सार्वजनिक सम्पत्ति र मानव जीवनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले संयमित र जिम्मेवार ढंगले आन्दोलन अघि बढाउन आग्रह गरेको हो। सेनाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल मुलुकमा भइरहेको घटनाक्रमले राष्ट्रिय एकता, स्वाधीनता र स्थायित्वमा असर पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ। सेनाले आफ्नो तटस्थ भूमिकामा अडिग रही राष्ट्रिय हित र नेपाली जनताको सुरक्षा सुनिश्चित गर्न सदैव तत्पर रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका क्रममा जनधनमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।” नेपाली सेनाले शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सम्पूर्ण पक्षलाई संयमित ह...
सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
स्वतन्त्र विचार २३ भदौ । सोमबारको दिन नेपाली राजनीतिक इतिहासमा अर्को दुःखद दिनका रूपमा अंकित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जी पुस्ताका युवाहरूले सुशासन, पारदर्शिता र समान अवसरको माग गरे । तर माग सुन्नुपर्ने सरकार स्वयं उनीहरूका रगतमा रंगिन पुग्यो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सक्थ्यो । तर त्यो मार्ग रोजिएन। दमनको बाटो रोजियो । परिणाम स्वरूप १९ युवा नागरिकले ज्यान गुमाए भने सयौं अस्पतालको बेडमा छटपटाइरहेका छन् । मुलुकले यति ठूलो मूल्य तिर्नु परे पनि सरकारले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन । गृहमन्त्रीले राजीनामा दिए, तर के यति नै पर्याप्त हौ? जिम्मा केवल गृहमन्त्रीकै हो त? प्रधानमन्त्रीदेखि सत्तारूढ दलका शीर्ष नेतासम्म नैतिक रूपमा उत्तिकै जिम्मेवार हुनुपर्ने हो, तर उन...
मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
२३ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्वजनिक गर्दै मंगलबार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरु बन्द रहने जनाएको हो । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ । सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले यस विषयम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ। साथै, परिस्थितिला...
जेनजीको प्रदर्शनः देशभर १९ को मृत्यु, ३४७ घाइते

जेनजीको प्रदर्शनः देशभर १९ को मृत्यु, ३४७ घाइते

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध भएको जेनजी पुस्ताको देशव्यापी प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न अस्पतालमा उपचाररत अवस्थामा मृत्यु हुनेहरूको संख्या बढ्दै गएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। यस्तै देशभर फैलिएका प्रदर्शनका क्रममा ३४७ जना घाइते भएको मन्त्रालयले जनाएको छ। तीमध्ये धेरैको उपचार विभिन्न सरकारी तथा निजी अस्पतालमा भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेक...
संसद् कब्जा प्रयासपछि ‘जेन-जी’ प्रदर्शन हिंसात्मक, मृत्यु हुनेको संख्या १५ पुग्यो 

संसद् कब्जा प्रयासपछि ‘जेन-जी’ प्रदर्शन हिंसात्मक, मृत्यु हुनेको संख्या १५ पुग्यो 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ भदौ, हेटौंडा । ‘जेन-जी’ पुस्ताका नाममा सोमबार राजधानीमा भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या १५ पुगेको छ। प्रदर्शनकारी समूहले नयाँ बानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले प्रतिकारस्वरूप गोली चलाएका थिए। घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने बाँकीको उपचारको क्रममा विभिन्न अस्पतालमा ज्यान गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मन्त्रालयले घाइतेहरूको उपचार निःशुल्क गर्न सरकारी अस्पताललाई निर्देशन दिइसकेको छ। अहिलेसम्मको तथ्यांकअनुसार सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। उता, घटनापछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। संसद् भवन परिसरलाई सुरक्षाकर्मीले घेराबन्द...
‘जेनजी’को प्रदर्शनमा १४ को मृत्यु, १९४ घाइते

‘जेनजी’को प्रदर्शनमा १४ को मृत्यु, १९४ घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौंडा । देशभर फैलिएको ‘जेनजी’ पुस्ताको प्रदर्शन थप उग्र बनेको छ। सोमबारको घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १९४ जना घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँग समन्वय गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार घाइतेहरूको अवस्था गम्भीर छ । मृत्यु हुनेमध्ये सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ। सरकारले घटनालाई संवेदनशील मानेर उच्च सतर्कता अपनाएको छ। आन्तरिक मामिला मन्त्रालयले प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीलाई थप सतर्क रहन निर्देशन दिएको जनाएको छ। उता, आन्दोलनकारी पक्षले भने आफ्ना माग सम्बोधन नभएसम्म सडक आन्दोलनलाई अझै तीव्र बनाइने चेतावनी दिएका छन्।...
भ्रष्टाचार, असमानता विरुद्ध जेनजीले सोमबार हेटौँडामा पनि प्रदर्शन गर्ने

भ्रष्टाचार, असमानता विरुद्ध जेनजीले सोमबार हेटौँडामा पनि प्रदर्शन गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
२२ भदौ, हेटौंडा । भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित जेनजी समूहले सोमबार हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । आयोजकहरूका अनुसार बिहान १० बजे नगरपालिका रोडदेखि बुद्धचोकसम्म र्याली निकाल्ने कार्यक्रम तय गरिएको छ । हेटौंडामा बसेको जेनजी युवाहरूको बैठकले सो कार्यक्रम पारित गरेको हो । प्रदर्शनमा विद्यार्थी र युवाको उल्लेख्य सहभागिता हुने दाबी गरिएको छ । आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन् । करिब ३–४ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन् । टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो । टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ चर्चामा छ, जसमा नेताका छोराछोरीको आलिशान ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज