२० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने सानुकाजी स्याङ्वोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् । आगलागिबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेका अनुसार, माघ १९ गते साँझ करिब ७ः१५ बजे आगो लागेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक गौरिशंकर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दमकल र स्थानीयको सहयोगमा करिब ७ः४० बजे आगो पूर्ण रूपमा निभाइएको थियो ।
आगलागीका कारण एउटा गाईको बाच्छी घाइते भएको छ भने गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, आगलागीको कारण गोठको छेउमा मुसा धपाउन बालेको आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।