घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली औपचारिक रूपमा सुरु गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त प्रणालीको उद्घाटन गरेसँगै पेन्सन सेवा पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गरेको हो।

नयाँ व्यवस्थाअनुसार देशभरका ३ लाख ५२ हजारभन्दा बढी पेन्सनरहरूले अब पेन्सन नवीकरण वा बुझ्नका लागि बैंक तथा सरकारी कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। उनीहरूले आफ्नै मोबाइल वा कम्प्युटरमार्फत घरमै बसेर सजिलै डिजिटल प्रमाणीकरण गर्न सक्नेछन्।

यो प्रणाली क्ष्एःक्(ख्द्द ढाँचामा आधारित छ र यसमा ‘लाइभनेस भेरिफिकेसन’ प्रविधि जडान गरिएको छ। उक्त प्रविधिले पेन्सनरको अनुहारको हाउभाउ विश्लेषण गरी उनी जीवित रहेको प्रमाणित गर्छ। साथै, प्रणालीले राष्ट्रिय परिचयपत्र ९ल्क्ष्म्० को डाटाबेससँग अनुहार मिलाएर आधिकारिकता सुनिश्चित गर्छ।

यसअघि पेन्सनरहरूलाई वर्षमा कम्तीमा एक पटक भौतिक रूपमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था थियो, जसले विशेष गरी वृद्धवृद्धा, अशक्त तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई ठूलो सास्ती दिँदै आएको थियो। अब यो डिजिटल प्रणालीले ती सबै समस्या हटाउने विश्वास गरिएको छ।

आर्थिक रूपमा पनि यो पहल राज्यका लागि लाभदायक हुने देखिएको छ। पेन्सन प्रमाणीकरण र वितरणका लागि सरकारले बैंकहरूलाई वार्षिक करिब १५ करोड रुपैयाँ कमिसन तिर्दै आएकोमा अब उक्त खर्च पूर्ण रूपमा बचत हुनेछ। अर्थ मन्त्रालयका अनुसार बचत भएको रकम अन्य विकास निर्माणका क्षेत्रमा उपयोग गरिनेछ।

यस प्रविधिबाट विदेशमा रहेका नेपाली पेन्सनरहरूलाई विशेष सुविधा पुग्नेछ। अब उनीहरूले पेन्सन नवीकरणकै लागि नेपाल फर्किनुपर्ने बाध्यता हटेको छ। साथै, पेन्सन रकमको गणना पूर्ण रूपमा स्वचालित हुने भएकाले मानवीय त्रुटि न्यूनीकरण हुने र दोहोरो भुक्तानी वा निष्क्रिय खाताबाट हुने दुरुपयोग नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

नेपालको प्रविधि कम्पनी ‘थर्ड फ्याक्टर एआई’ ९प्रिक्सा समूह अन्तर्गत० द्वारा विकसित यो प्रणाली महालेखा नियन्त्रक कार्यालयले देशभर कार्यान्वयनमा ल्याएको जनाएको छ।

सरकारले यसलाई डिजिटल सुशासनतर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै भविष्यमा अन्य सार्वजनिक सेवाहरूमा पनि यस्तै प्रविधि विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...