२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली औपचारिक रूपमा सुरु गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त प्रणालीको उद्घाटन गरेसँगै पेन्सन सेवा पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गरेको हो।
नयाँ व्यवस्थाअनुसार देशभरका ३ लाख ५२ हजारभन्दा बढी पेन्सनरहरूले अब पेन्सन नवीकरण वा बुझ्नका लागि बैंक तथा सरकारी कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। उनीहरूले आफ्नै मोबाइल वा कम्प्युटरमार्फत घरमै बसेर सजिलै डिजिटल प्रमाणीकरण गर्न सक्नेछन्।
यो प्रणाली क्ष्एःक्(ख्द्द ढाँचामा आधारित छ र यसमा ‘लाइभनेस भेरिफिकेसन’ प्रविधि जडान गरिएको छ। उक्त प्रविधिले पेन्सनरको अनुहारको हाउभाउ विश्लेषण गरी उनी जीवित रहेको प्रमाणित गर्छ। साथै, प्रणालीले राष्ट्रिय परिचयपत्र ९ल्क्ष्म्० को डाटाबेससँग अनुहार मिलाएर आधिकारिकता सुनिश्चित गर्छ।
यसअघि पेन्सनरहरूलाई वर्षमा कम्तीमा एक पटक भौतिक रूपमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था थियो, जसले विशेष गरी वृद्धवृद्धा, अशक्त तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई ठूलो सास्ती दिँदै आएको थियो। अब यो डिजिटल प्रणालीले ती सबै समस्या हटाउने विश्वास गरिएको छ।
आर्थिक रूपमा पनि यो पहल राज्यका लागि लाभदायक हुने देखिएको छ। पेन्सन प्रमाणीकरण र वितरणका लागि सरकारले बैंकहरूलाई वार्षिक करिब १५ करोड रुपैयाँ कमिसन तिर्दै आएकोमा अब उक्त खर्च पूर्ण रूपमा बचत हुनेछ। अर्थ मन्त्रालयका अनुसार बचत भएको रकम अन्य विकास निर्माणका क्षेत्रमा उपयोग गरिनेछ।
यस प्रविधिबाट विदेशमा रहेका नेपाली पेन्सनरहरूलाई विशेष सुविधा पुग्नेछ। अब उनीहरूले पेन्सन नवीकरणकै लागि नेपाल फर्किनुपर्ने बाध्यता हटेको छ। साथै, पेन्सन रकमको गणना पूर्ण रूपमा स्वचालित हुने भएकाले मानवीय त्रुटि न्यूनीकरण हुने र दोहोरो भुक्तानी वा निष्क्रिय खाताबाट हुने दुरुपयोग नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।
नेपालको प्रविधि कम्पनी ‘थर्ड फ्याक्टर एआई’ ९प्रिक्सा समूह अन्तर्गत० द्वारा विकसित यो प्रणाली महालेखा नियन्त्रक कार्यालयले देशभर कार्यान्वयनमा ल्याएको जनाएको छ।
सरकारले यसलाई डिजिटल सुशासनतर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै भविष्यमा अन्य सार्वजनिक सेवाहरूमा पनि यस्तै प्रविधि विस्तार गर्ने योजना बनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।