मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुर प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ३५ ग्राम १० मिलिग्राम, चरेसजस्तो पदार्थ २६० मिलिग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको छ।

प्रहरीका अनुसार पहिलो घटनामा बारा कलैया उपमहानगरपालिका– १४ निवासी ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका– ९ निवासी २१ वर्षीय सर्जुक साह तथा रौतहट बौधीमाई नगरपालिका– २ निवासी २१ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको छ।

त्यसैगरी भारत घर भई हाल हेटौँडा– ४ बस्दै आएका २३ वर्षीय आकाश कुमार, हेटौँडा– ७ का २४ वर्षीय राज अधिकारी, हेटौँडा– ११ का ३३ वर्षीय राजाबाबु शर्मा तथा बकैया गाउँपालिका– ४ का ३४ वर्षीय समीर स्याङ्तानको साथबाट २१ ग्राम ३७० मिलिग्राम गाँजा र ट्रामाडोल दुई क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

अर्को घटनामा हेटौँडा– १ निवासी ४४ वर्षीय सहदेव अर्जेल, ३० वर्षीय कालुराम गिरी, ३९ वर्षीय मनोज महर्जन तथा हेटौँडा– १७ निवासी ३६ वर्षीय रामचन्द्र मोक्तानको साथबाट २२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको छ ।

यस्तै हेटौँडा– ८ निवासी २३ वर्षीया अनुष्का क्षेत्री र चितवनको भरतपुर महानगरपालिका– ८ निवासी २६ वर्षीय करण स्याङ्बोको साथबाट २६० मिलिग्राम चरेसजस्तो पदार्थ तथा एक ग्राम ८४० मिलिग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद लागुऔषध नियन्त्रणमा लिई पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले लागुऔषध नियन्त्रण तथा ओसारपसार रोक्न जिल्लाभर निगरानी र जाँचलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...