पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको चित्लाङले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५–१ गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। चित्लाङको जितमा विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले दुई–दुई गोल गरे भने समीर तामाङले एक गोल थपे। खेलको ४३औँ मिनेटमा सोलोमनले पहिलो गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्‍यो।

७८औँ मिनेटमा एरोनले अग्रता दोब्बर बनाए भने त्यसको एक मिनेटपछि समीर तामाङले गोल गर्दै चित्लाङलाई ३–० को अवस्थामा पुर्‍याए। ८१औँ मिनेटमा एरोनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को बलियो अवस्थामा पुर्‍याए।

नवजनजागृतिका लागि ८३औँ मिनेटमा बिक्रम लामाले सान्त्वना गोल फर्काए पनि खेलमा फर्किन पर्याप्त भएन। खेलको ८७औँ मिनेटमा सोलोमनले व्यक्तिगत दोस्रो गोल गर्दै चित्लाङको सानदार जित सुनिश्चित गरे।

दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका सोलोमन किङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। चित्लाङले प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो। त्यसपछि क्वाटरफाइनलमा साविकको बलियो टोली मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो।

अब चित्लाङले उपाधिका लागि शनिबार हुने फाइनलमा सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बागमती युथले बुधबार भएको पहिलो सेमिफाइनलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...