पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा
२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको चित्लाङले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५–१ गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। चित्लाङको जितमा विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले दुई–दुई गोल गरे भने समीर तामाङले एक गोल थपे। खेलको ४३औँ मिनेटमा सोलोमनले पहिलो गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्यो।
७८औँ मिनेटमा एरोनले अग्रता दोब्बर बनाए भने त्यसको एक मिनेटपछि समीर तामाङले गोल गर्दै चित्लाङलाई ३–० को अवस्थामा पुर्...















