बागमती

मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
८ असार, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष ०८२र८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
पहिलो सहभागीमै चर्च ब्वाइजलाई बागमती गोल्डकपको उपाधी 

पहिलो सहभागीमै चर्च ब्वाइजलाई बागमती गोल्डकपको उपाधी 

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती
१२ फागुन, हेटौंडा । चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागीतामै बागमती गोल्डकपको उपाधि जितेको छ । चर्च ब्वाइजले ७ औं संस्करणको पहिलो सहमागीतामै बागमती गोल्डकपको उपाधि उचालेको हो । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले निराश बनाउँदै चर्च ब्वाइजले उपाधी उचाल्यो । चर्च ब्वाइजलाई उपाधी दिलाउने क्रममा समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच गोलकर्ता तामाङनै घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेको खेलमा थप गोल हुन नसक्दा खेल चर्च ब्वाइजले १–० ले जितेको हो । यसअघि चर्च ब्वाइजले विभागीय टोली एपीएफ र मछिन्द्रले थ्री स्टारलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । चर्च ब्वाइजले उपाधिसँगै पायो १० लाख  उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट...
साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, हेटौँडा । साविक विजेता मच्छिन्द्र क्लब ७ औं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले उपाधिका लागि सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ । बागमती गाउँपालि ४ स्थित सहिद स्मृति रंगशालामा शनिवार भएको दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले निराश बनाउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जीतका लागि शिशिर लेखि, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक÷एक गोल गरे । थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । तर सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले दोस्रो पटक उपाधिका लागि उपाधि भिडन्त गर्ने अवसर गुमा...
बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती
१० फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । मचिन्द्र गत संस्करणको विजेता टोलि हो भने थ्री स्टार चौथो संस्करणको विजेता टोलि हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो । शनिबारको विजेता टोलिले उपाधीका ल...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
९ फागुन, हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती(४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्ड नायक बने । उनले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा लगातार दुई गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेटमा एक गोल गरे । यस्तै एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्कीले खेलको ८८ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । प्रतियोगितामा एपीएफ...
साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
८ फागुन, हेटौँडा । साबिक विजेता मच्छिन्द्र क्लब सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रको जितमा खेलको ४३औँ मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरेका हुन् । बागमतीका खेलाडी हेमन्त भुजेलले गोललाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलको म्यान अफ द म्याच मच्छिन्द्रकै शिशिर लेखी भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्रले बाई पाएर सीधै क्वार्टरफाइनलमा स्थान पाएको थियो । मच्छिन्द्र गत संस्करणको विजेता टोली हो। गत संस्करणमा एपिएफलाई हराउँदै मच्छिन्द्रले...
बागमती गोल्डकप: अन्तिम क्वाटरफाइनलमा मछिन्द्र र बागमती भिड्दै

बागमती गोल्डकप: अन्तिम क्वाटरफाइनलमा मछिन्द्र र बागमती भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
८ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीवार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । मछिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ...
बागमती गोल्डकपः संकटालाई रोक्दै एपीएफ सेमिफाइनलमा

बागमती गोल्डकपः संकटालाई रोक्दै एपीएफ सेमिफाइनलमा

Breaking News 2, खेलकुद, बागमती, समाचार
७ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई रोक्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । जारी प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले संकटालाई १–० गोल अन्तरले हरायो । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा एपिएफले जितका लागि दोस्रो हाफको ८३ औं मिनेटसम्म कुर्नुप¥यो । एपिएफको जितका लागि सुजन कुमार पुलामीले गोल गरे । उनी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा सब्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका थिए । बुधबारको खेलको म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । जारी प्रतियोगितामा एपिएफले चितवनको हानामीलाई हराउँदै क्वाटरफाइनलमा पुग्दा संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज