झुरझुरेमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते
२१ असोज, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
सिन्धुलीबाट काठमाडौँ जाँदै हेटौँडातर्फ आइरहेको मधेस प्रदेश ००२–००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।
ठक्करबाट ईभीमा सवार १३ जना यात्रु र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन्। घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ।...























