८ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीवार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ।
बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।
मछिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।