मातातीर्थ औँसी: देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

मातातीर्थ औँसीस् देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

४ वैशाख, हेटौँडा । आज देशभर मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वले जन्मदिने आमाप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसर प्रदान गर्दछ ।

यस दिन बिहानै स्नान गरी शुद्ध भएर छोराछोरीहरूले आफ्नी आमालाई सुन्दर वस्त्र अर्पण गर्ने, मीठा तथा पोषिला परिकार खुवाउने र आशिर्वाद लिने परम्परा रहेको छ। आमाप्रति प्रेम, सम्मान र सेवा भाव प्रकट गर्ने यस पर्वलाई नेपाली समाजमा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

आमा दिवंगत भइसकेकाहरूले भने आजकै दिन आमाको सम्झनामा श्राद्ध गर्ने र तर्पण दिने चलन छ। धार्मिक मान्यताअनुसार यसो गर्दा मातृऋणबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा बिहानैदेखि विशेष मेला लागेको छ। आमाको निधन भइसकेका श्रद्धालुहरू त्यहाँ पुगेर स्नान गर्ने, हरिहर ९विष्णु र शिव० को पूजा–अर्चना गर्ने तथा आमाको स्मरण गर्ने गर्दछन्। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्ति पाइने जनविश्वासका कारण प्रत्येक वर्ष यहाँ ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ।

आज बिहानदेखि नै मातातीर्थ क्षेत्रमा श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको छ, जसले यस पर्वप्रतिको धार्मिक आस्था र सांस्कृतिक महत्वलाई झल्काउँछ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...