मातातीर्थ औँसी: देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

मातातीर्थ औँसीस् देशभर आमाको सम्मानमा श्रद्धा र भक्ति साथ मनाइँदै

४ वैशाख, हेटौँडा । आज देशभर मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वले जन्मदिने आमाप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसर प्रदान गर्दछ ।

यस दिन बिहानै स्नान गरी शुद्ध भएर छोराछोरीहरूले आफ्नी आमालाई सुन्दर वस्त्र अर्पण गर्ने, मीठा तथा पोषिला परिकार खुवाउने र आशिर्वाद लिने परम्परा रहेको छ। आमाप्रति प्रेम, सम्मान र सेवा भाव प्रकट गर्ने यस पर्वलाई नेपाली समाजमा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

आमा दिवंगत भइसकेकाहरूले भने आजकै दिन आमाको सम्झनामा श्राद्ध गर्ने र तर्पण दिने चलन छ। धार्मिक मान्यताअनुसार यसो गर्दा मातृऋणबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा बिहानैदेखि विशेष मेला लागेको छ। आमाको निधन भइसकेका श्रद्धालुहरू त्यहाँ पुगेर स्नान गर्ने, हरिहर ९विष्णु र शिव० को पूजा–अर्चना गर्ने तथा आमाको स्मरण गर्ने गर्दछन्। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्ति पाइने जनविश्वासका कारण प्रत्येक वर्ष यहाँ ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ।

आज बिहानदेखि नै मातातीर्थ क्षेत्रमा श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको छ, जसले यस पर्वप्रतिको धार्मिक आस्था र सांस्कृतिक महत्वलाई झल्काउँछ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...