Author: Hetauda Live

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

Breaking News 2, samachar, ताजा अपडेट, बागमती प्रदेश
८ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत(साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनपछि मन्त्री किरण थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्नुका साथै आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्छ ।...
मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्। बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी...
प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रभावकारी योजना छनोटका लागि आयोजना बैंकको सुरुवात गरेको छ । बुधबार आयोजित कार्यक्रमबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बजेट विनियोजन, योजना छनोट तथा अध्यावधिक र सुशासन कायम गर्न आयोजना बैंकको अपरिहार्यता औँल्याए । उनले बजेट परिचालनमा देखिएको समस्या अन्त्यका लागि आयोजना बैंक पूर्ण रूपमा प्रभावकारी हुने दाबी पनि गरे । प्रदेश सरकारकले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालमा ल्याएको हो । प्रदेशमा यसअघि दुई पटकसम्म उद्घाटन भएर कार्यान्वयनमा नआएको आयोजना बैंक यसपटक भने कार्यान्वयन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले...
एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौंडा । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार जिल्लाका सामुदायीक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका हुन् । उनका अनुसार ग्रेडबृद्धिका लागि साधरणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिनेछन् । यस्तै भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिनेछन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ७ जना कैदीबन्दिले एसईई परीक्षामा सहभागीता जनाउँने छन् । यस्तै हेटौँडास्थित बालसुधारगृहमा रहेका २ जना परीक्षार्थीले पनि परीक्षा दिनेछन् । कारागारका जेलर तिर्थ...
कैलाशको अर्धवार्षिक समीक्षा, चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

कैलाशको अर्धवार्षिक समीक्षा, चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, समाचार
७ चैत , हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले फागुन मसान्तसम्ममा गाउँपालिकाको  चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । गाउँपालिका को बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए । पुजीँगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन् ।  प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा  २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए । गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजश्व संकलन गरिनुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा  हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख विक्रम थिङले बताए । ...
मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
६ चैत, हेटौँडा । मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ । मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे । रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियुका अध्यक्ष थिए । कुल २ हजार ६९८ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो । यस्तै सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्रा...
प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
५ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लागानीको प्रतिफल अनुसार प्रदेशका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि भएको दावी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्वपूर्ण उपलब्धी हासिल भइरहेको दावी गरेका हुन् । स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठिको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । उनले प्रदेश सरकारले ग्रामिण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतीमा काम गरेको बताए । ‘प्रदेशका आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच सुनिश्चितताका लागि जनशीक्त र स्वासथय उपकरणको व...
हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२ चैत, हेटौंडा । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको छ । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता निराजन बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर उनले भने, ‘तपाईंहरुले यो मान्छे त चिन्नुहुन्छ होला नि ? यो तस्बिर चिन्नुहुन्छ होइन ?’  त्यसपछि उनले सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाए । उनले त्यसपछि प्रचण्डको कडा आलोचना गरेका थिए । बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि  राजावादी द...
हेटौँडा १७ ले एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई जनही २५ हजार दिने

हेटौँडा १७ ले एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई जनही २५ हजार दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् । उनले वडाबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रममा बोल्दै आगामी एसईई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिने बताएका हुन् । उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाईका लागि प्रेरणा मिल्नुकासाथै साच्चै ‘ए‘ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत हुने विश्वास व्यक्त गरे । वडा अध्यक्ष सत्यालले हेटौँडा–१७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यामिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जान...
आज तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै

आज तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१ चैत, हेटौँडा । रंगहरूको पर्व होली आज शुक्रबार तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । बिहीबार पहाडी र हिमाली जिल्लाहरुमा मनाइएको होली आज शुक्रबार तराईका जिल्लाहरुमा मनाउँन लागिएको हो । पहाडमा होलि मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । होलिलाई हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ का नममा मनाइन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज